हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु

झापा | असार १८, २०८०

हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु फाइल तस्बिर

झापा: झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । 

 

पूजा गर्न फूल टिप जाने क्रममा उहाँलाई हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले  बताउनु भएको छ । सिलगुढी घर भएकी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो । 

 

झापामा छ दिनअघि पनि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट ज्यान गएको थियो । 

 

झापामा चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्